|

भद्रपुर, (झापा) : सवारी दुर्घटनामा परी झापाको मेचीनगरमा दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ निवासी २७ वर्षीय मञ्जुल बराईली र मेचीनगर नगरपालिका १० निवासी २४ वर्षीय युवराज खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ कालीझोडामा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको थियो। दुर्घटना परी घाइते भएका दुवै सवारी चालकलाई उपचारका बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा लगिए पनि उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। यता मोटरसाइकलको पछाडि सवार काठमाडौं घरभएकी १८ वर्षीया सुविसा गुरुङको बिर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.