राजनीति

नेकपाका डेढ दर्जन नेताले नेतृत्वलाई बुझाए ज्ञापन, केन्द्रीय समिति बैठक माग
SHARES

मंसिर ५, २०७५

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का डेढ दर्जन युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

    सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। उनले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरिएको बताए। ‘पार्टीको माथिल्लो तहमा एकीकरण भए पनि तल्लो तहसम्म भएको छैन’ उनले भने, ‘जसले गर्दा तल्ला तहका नेता कार्यकर्तामा निराशा छाएको छ, त्यसैले केन्द्रीय कमिटी बैठक बसाएर तत्काल पार्टी एकतालाई टुङग्याउनुपर्दछ।’ उनले बैठक बोलाएर केन्द्रीय कमिटीको कार्यविभाजनसमेत गर्नुपर्ने बताए। पार्टी एकीकरण पश्चात् पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन। ज्ञापनपत्रमा पोटिलब्यूरो गठन, सरकार र पार्टीबीच सम्बन्ध सुधार गर्नुपर्नेलगायतका माग राखिएका छन्।

    ज्ञापनपत्र बुझ्नै महासचिव पौडेलले सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिने बताएको नेता गैरेले बताए। ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेल, गरिमा शाह, रामकुमारी झाँक्री, निरज आचार्यलगायतका नेता सिंहदरबार पुगेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]