५३ हजार ९ सय  पीडितले बनाए घर

|

सिन्धुपाल्चोक : विनाशकारी भूकम्प गएको साढे तीन वर्ष पूरा भयो। भूकम्प गएको एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा आएर पूनर्निर्माणको सुरुवात गरे। त्यसपछिको एक वर्षमा सिन्धुपाल्चोकमा पूनर्निर्माणले तीव्रता पाउन सकेन। तर, सरकारले गएको पुस मसान्त सम्ममा दोस्रो किस्ता लिनैपर्ने बाध्यकारी नियम लगाएपछि पुनर्निर्माणले तीव्रता पायो।

फलतः सरकारले नियम लगाएको भए पनि अहिलेसम्म वास्तविक पीडितले पहिलो किस्ताबापतको रकम लिएपछि दोस्रो तेस्रो किस्ताको रकम लिन पाउनेछन्। भूकम्प अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा हालसम्म ५३ हजार ९ सय पीडितले घर बनाई तेस्रो किस्ता बापतको रकम लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले व्यवस्थापक भरतकुमार थापाले जनाए।

सिन्धुपाल्चोकमा ७५ हजार ७१ जनाले दोस्रो र ५३ हजार ९ सयले तेस्रो किस्ता लिएका हुन्। ८४ हजार ९ सय २२ पीडितले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिएका थिए। सिन्धुपाल्चोकमा ८७ हजार १ लाभग्राही पहिचान भएका थिए।

भूकम्पपछिको पुनर्निर्माणमा सिन्धुपाल्चोकमा भूकम्पप्रतिरोधि घर संरचना निर्माण भइरहेका छन्। सिन्धुपाल्चोकमा नयाँ घर बनेसँगै ग्रामीण क्षेत्रमा समेत शहरको छनक पाउन सकिन्छ। भूकम्पपछिको पुनर्निर्माण जिल्लावासीले अवसरको रूपमा लिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.