|

काठमाडौं : कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ।

यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ। उपत्यकास्थित चार नारायण र बुढानीलकण्ठ नारायण मन्दिरमा श्रद्धालुको उपस्थिति हुन्छ।

भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ। यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ। यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पुजा गर्ने विधान छ। शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणमा छ।

यो दिन बराहक्षेत्रमा मेला लाग्ने यो पूर्णिमा लाई नेपाल भाषामा सकिमना पून्हि भनिन्छ। शुक्रबार नै शिख धर्मका प्रवर्तक नानकको जन्मजयन्ती पनि मनाइँदैछ।

पूर्णिमा किन महत्त्वपूर्ण ?

पूर्णिमा तिथि अर्थात् चन्द्रमा पूर्ण देखिने दिन। औँसीमा पितृकार्य गरिएजस्तै देवीदेवतासम्बन्धी अनुष्ठानका लागि पूर्णिमाको महिमा छ।

चन्द्रमाको कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ। चन्द्रमा पूर्ण भएको तिथि नै पूर्णिमा हो। 

वैदिक ग्रन्थहरूले पनि पूर्णिमालाई ठूलो पर्व मानेका छन्। हिन्दुहरूको आदिग्रन्थ वेदको एक अंग मानिने वेदांग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नको लागि शुक्लपक्ष नै उत्कृष्ट मानेको छ।

महिनाको एउटाको हिसाबले वर्षमा बाह्रवटा पूर्णिमा हुन्छन्। चैत्रशुक्ल प्रतिपदामा संवत्सर (नयाँ वर्ष) आरम्भ हुने भएकोले चैत्रशुक्ल पूर्णिमालाई नै पहिलो पूर्णिमा मानिन्छ। चान्द्रमानको पात्रोअनुसार महिनामा शुक्ल र कृष्ण गरी दुई पक्षका १५\१५ गरी ३० दिन  हुन्छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.