|

संखुवासभा : चीन सरकारको लगानीमा संखुवासभाको चैनपुर नगरपालिका–८ बानेश्वरमा भूकम्प मापन केन्द्र स्थापना गरिने भएको छ। केन्द्र स्थापनाको लागि बिहीबारबाट काम सुरु भएको छ। चीन सरकारको लगानीमा भूकम्प मापन केन्द्र स्थापनाको काम सुरु भएको वडा नम्बर ८ का अध्यक्ष भरत खड्काले जानकारी दिए।

खानी तथा भूगर्भ विभाग सँगको सहकार्य र चीन सरकारको लगानीमा मापन केन्द्र स्थापनाको काम सुरु भएको हो। चीन सरकारले देश भरका विभिन्न १० स्थानमा भूकम्प मापन केन्द्र स्थापनाको काम भइरहेको खानी तथा भूगर्वविद् नवीन घिसिङले जानकारी दिए। भूगर्भविद् घिसिङका अनुसार मापन केन्द्र स्थापना भएपछि भूकम्प मापनको बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंबाट तत्कालै जानकारी लिन सकिनेछ।

प्रदेश नं. १ अन्तर्गत यसअघि ताप्लेजुङ र उदयपुरमा केन्द्र स्थापना भइसकेको छ भने हाल सोलुखुम्बुसहित पूर्वका ४ जिल्लामा केन्द्र स्थापना भएको हो। घिसिङले भने, ‘चिनियाँ सरकारको लगानीमा हालसम्म ४ वटा मापन केन्द्र पश्चिममा स्थापना भइसकेको र अन्य ६ स्थानमा स्थापनाको अन्तिम चरणमा रहेको जानकारी दिए। १ करोडको लागतमा निर्माण थालिएको भूकम्प मापन केन्द्र दुई हप्तामा निर्माण सम्पन्न भइसक्ने खानी तथा भूगर्भविद् नवीन घिसिङले जानकारी दिए। नेपालमा २१ स्थानमा केन्द्र स्थापना भइसकेको छ भने १० केन्द्रहरू निर्माणको चरणमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.