स्थलगत अनुगमन गर्ने टोली सुनसरी प्रस्थान

|

संखुवासभा : रहस्यमय ढंगले गत कात्तिक १५ राति दुर्घटनामा परेको पाँचखपन नगरपालिको गाडीको छानबिन सुरु गरिएको छ। छानबिन गर्ने उपप्रमुख भीमादेवी राईको संयोजकत्वमा सात सदस्यीय टोली शुक्रबार सुनसरीको भण्टाबारी प्रस्थान गरेको छ।

कात्तिक १५ र १६ गते धनकुटामा भएको विपत् व्यवस्थापनको तालिममा सहभागी हुन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर श्रेष्ठ र नायक सुब्बा प्रेमबहादुर श्रेष्ठले लिएर गएको गाडी १५ गते सुनसरीमा दुर्घटनामा परी चालक सुजन थापा गम्भीर घाइते भएका थिए। धनकुटासम्म जाने अनुमति लिएको गाडी रहस्यमय ढंगले सुनसरीको भण्टाबारीमा कात्तिक १५ गते राति १२ बजे दुर्घटना हुनु शंकास्पद भएकाले छानबिन थालिएको नगर उपप्रमुख राईले बताइन्।

नगरपालिकाका दुई कर्मचारी साथमा धनकुटा लगिएको गाडी कसरी सुनसरीको भण्टाबारीमा दुर्घटनामा पर्‍यो भन्दै सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएकाले छानबिन हुन जरुरी भएको उपप्रमुख राइले बताइन्। सामाजिक सञ्जालमा दुर्घटना भएको गाडीको तस्विर राख्दै चौर्तफी विरोधसमेत भएको थियो।

छानबिन टोलीमा उपप्रमुख राई, वडा नम्बर १ का अध्यक्ष टेक बहादुर बुढाथोकी, वडा नम्बर २ का अध्यक्ष उत्तम दाहाल, वडा नम्बर ३ का अध्यक्ष शुक्रराज खालिङ राई, वडा नम्बर ७ का अध्यक्ष कृष्ण खड्का, वडा नम्बर ८ का अध्यक्ष छत्र न्यौपाने र न्यायिक समिती सदस्य सीता तामाङ रहेका छन्।

दुर्घटनामा परेर नगरपालिकाको बा १ ज ५४० नम्बरको गाडी काम नलाग्ने अवस्थामा पुगेको छ। गाडी दुर्घटना परी चालक थापा र अर्को एक जान घाइते भएको प्रहरीले फोन गरेर उपप्रमुख राईलाई जानकारी गराएको बताइन्। 'दुर्घटना कसरी भयो, अर्को ब्यक्तिको थिए, के कामका लागि गाडी सुनसरी पुग्यो' यस बारेमा चालक थापासँग इटहरीमा भेटेर कुरा गरिने उपप्रमुख राईले जानकारी दिएकी छन्।

उता चालक थापाले आफू व्यत्तिगत काममा नभई कार्यालयकै काममा काठमाडौं जाने क्रममा साइकल यात्री जोगउन खोज्दा दुर्घटनामा परेको बताए। चालक थापाको टाउको, आँखा र हातको नारीमा आठ टाँचा गरिएको छ। चालक थापाको विराटनगरको गोल्डेन हस्पिटलमा उपचार गरिएको थियो। उनीको स्वास्थ्य अवस्था राम्रो भई नसकेकाले इटहरीस्थित दिदीको घरमा बस्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.