|

काठमाडौं : पत्रकार राजन कार्कीको आलेख संग्रह 'राजा, नव-बास्सा' र साहित्यकार शेखर ढुंगेलको संस्मरण 'भैरव दाइको सय रुपैयाँ र म' शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा पुराना पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा.डा. सुरेन्द्र केसी, थाहाखबर डट कमका प्रधानसम्पादक तीर्थ कोइरालालगायतले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

सार्वजनिक पुस्तक 'राजा, नव-बास्सा'माथि टिप्पणी गर्दै पत्रकार तीर्थ कोइरालाले उक्त पुस्तकले वर्तमान नेपाली राजनीति र राजनीतिक नेतृत्वप्रति राम्रो व्यंग्य गरेको बताए। उक्त पुस्तक अहिलेका राजनीतिक नेतृत्वले पढिदिए उनीहरूकै लागि फाइदा हुने उनको भनाइ थियो।

प्रा.डा. केसीले उक्त पु्स्तकले नेपाली राजनीति र नेताको चरित्र मात्र उजागर नगरी केही महत्त्वपूर्ण जानकारीहरू पनि खुलासा गरेकाे धारणा राखे।

सार्वजनिक अर्को पुस्तक शेखर ढुंगेलको 'भैरव दाइको सय रुपैयाँ र म'माथि टिप्पणी गर्दै प्रा.डा. लुइँटेलले पुस्तकमा लेखकका जीवन भोगाइ र तात्कालीन नेपाली सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश पनि उल्लेख गरे रोचक ढंगले प्रस्तुत गरेको बताए।

'राजा, नव-बास्सा' हीरेन्द्र ताम्राकारले प्रकाशन गरेका हुन् भने 'भैरव दाइको सय रुपैयाँ र म' कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.