|

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवा जनशक्ति विदेशिँदा नेपालको उर्वर भूमि बाँझो हुन पुगेको बताएका छन्। दुई जिल्लामा गरिएको अध्ययनबाट कुल जमिनको ४२ प्रतिशत जमिन बाँझो देखिएको भन्दै त्यसको मुख्य कारण बैदेशिक रोजगारी रहेको मन्त्री खनालको भनाई छ। 

काभ्रेको पात्लेखोलामा रामबहादुर गौतमले सञ्चालन गरेको गाई र तरकारी फामको अवलोकन पछि उनले यस्तो बताएका हुन्। उनले रोजगारीको सिलसिलामा मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका २८ देखि ३० लाख युवा विदेशिँदा त्यसको असर कृषि क्षेत्रमा परेको बताए। 

मन्त्री दनालले अहिले एक सय ३५ अर्ब खाद्यान्य आयात हुँदा अलैची, चिया कफि, अदुवा र केही मात्रामा गोलभेडा गरी जम्मा १२ अर्वको मात्र निर्यात भएको तथ्यांकले कृषिमा नेपालको उपस्थिती कस्तो छ भन्ने प्रष्टाएको बताए। 

खेती गरेर पनि फाइदा हुन सक्छ भन्ने निक्कै सानो हिस्सा रहेको र केही गछौं भन्नेहरुसँग श्रम, प्रविधि, जमिनको अभाव रहेकाले कृषकमा निरासा छाएको मन्त्री खनालले बताए। त्यस्ता किसानका लागि अनुदान, तालिम, आधुनिक औजार दिएर कृषिलाई माथि उठाउनु पर्ने उउनको भनाई छ। कृषक गौतमले झण्डै ८ सय रोपनी जग्गामा तरकारी, तथा फलफूल र ३ सयभन्दा बढी गाइपालन गरेरका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.