|

लहान : सिरहाका एक पूर्व गाविस अध्यक्षले पदमा रहेका बेला सरकारी जग्गा पत्नीलाई नामसारी गराएको खुलेको छ। सखुवानन्कारकट्टी गाविसका अध्यक्ष (तत्कालीन) खुशीलाल यादवले लहान–ठाडी सडक खण्डको मुख्य बजार रहेको जग्गा पत्नीलाई सुकुमबासी बनाएर नामसारी गराएको पाइएको छ।

नागरिक दैनिकका अनुसार २०५८ असार १९ मा सुकुमबासी समस्या सामाधान आयोगको निर्णय बमोजीम ५६९ नम्बरको २ कठ्ठा १० धुरको कित्ता सुशीलादेवी यादवको नाममा आएको देखिन्छ। सुकुम्वासी समस्या सामाधान आयोग सिरहाले सुशीलादेवी लाई दिएको जग्गाधनी दर्ता प्रमाणपुर्जामा  उक्त कित्ता नम्बरको जग्गा सबिक ३०९ नम्बर कित्ताबाट कित्ताकाट भएको नापी कार्यालय लहानले प्रमाणित गरेको छ।

३०९ नम्बरको १९ कठ्ठा १४ धुर सिमित कित्ता कित्ताकाट गरि ५६९, ५७०, ५७१, ५७२ बनाइएको नापी शाखाले उपलब्ध गराएको श्रेस्तामा उल्लेख छ। मालपोत कार्यालय लहानले दिएको प्रमाणीत प्रतिलिपीमा सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित कित्ता नम्बर ३०९ को १९ कठ्ठा १४ धुर जग्गा श्री ५ को सरकारको नाममा दर्ता रहेको उल्लेख छ।

सुकुमबासी समस्या सामाधान आयोग सिरहामा ०५९ साउन १३ गत्ते खुशीलाल मण्डलले २ कठ्ठा जग्गाको १५ सय ६२ रुपैयाँ ५० पैसा बुझाएको नगदी रसिद समेत गाउँपालिकाले उपब्ध गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.