|
Photo : nytimes

अमेरिकाको ४५ औँ राष्ट्रपति भएपछि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अमेरिकालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। 

राष्ट्रपति पदमा विजय हासिल गरेपछि प्रतिक्रिया दिँदै उनले अमेरिकालाई सबैभन्दा उचाईमा पुर्‍याउने दृढता प्रकट गरेका छन्। उनले अन्य देशभन्दा अमेरिका कुनै पनि हिसाबले कमजोर हुन नदिने उनको भनाइ छ। 

उनले आफू सबै अमेरिकी जनताको राष्ट्रपति हुने बताएका छन्। उनले आफूलाई भोट हाल्ने मात्र नभई अमेरिकाका सबै जनताको राष्ट्रपतिको रुपमा अगाडि बढ्ने बताए।

अन्य छिमेकी देशहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै अगाडि बढ्ने उनले बताए। उनले अमेरिका ठूलो सम्भावना बोकेको राष्ट्र हो। उनले अमेरिकाले अब ठूला राजमार्ग सुरुङ, पुल र स्कुलहरू निर्माण गर्ने उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.