|

धादिङ : धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

गोगनपानीमा सामान पुर्‍याएर फर्किँदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। 

गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.