|

सुर्खेत : कर्णाली प्रदेशमा पञ्चवर्षीय योजनाको आधारपत्र तयार गरिने भएको छ। आइतबार बसेको कर्णाली प्रदेशको योजना आयोगको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकले कर्णाली प्रदेशको दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आवभित्रै तयार गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले आर्थिक वर्ष २०७६(७७ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले नयाँ पाइलालाई जानकारी दिए।

निरौलाका अनुसार चालु आवको बजेट कार्यान्वयनलाई प्रभावकारी वनाउन अनुगमण मुल्यांकन निर्दे्शिका तयार गरी प्रभावकारी अनुगमणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ

बैठकले परियोजना वैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचान सहितको तथ्याँक, सूचांक र प्रारुप तयार गर्ने, लगायतका निर्णय गरेको उनले बताए।

आयोगको कामलाई प्रभावकारी वनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी वैठकमा पेश गर्ने निर्णय पनि वैठकले गरेको छ। बैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरु सहभागी थिए।

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले शपथग्रहण गरेका थिए। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ गराएका थिए। मुख्यमन्त्री शाहीवाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा.दिपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण गराएका थिए।सपथ ग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, साँसदहरु, प्रदेश सरकारका सचिव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो।

सपथ ग्रहण पछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै योजना आयोगका उपाध्यक्ष रेग्मीले आफुहरु पञ्चवर्षिय योजना निर्माणमा लाग्ने वताए। ‘अव तत्कालै कर्णाली प्रदेशको अहिलेको अवस्था देखाउने मानचित्र रसमृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं।’ उपाध्यक्ष रेग्मीले भने, ‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारुकताका साथ अगाडि बढ्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.