|

रियल स्टेट व्यवसायबाट बिलिनियर बनेका डोनाल्ड ट्रम्प विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। व्यापारबाट राजनीतिमा छिरेका ७० वर्षे ट्रम्प अहिलसम्मकै वृद्ध राष्ट्रपति हुन्। साथै उनी अमेरिकी इतिहासमै कहिल्यै पनि गभर्नर नभई राष्ट्रपति हुन एकमात्र व्यक्ति हुन्।

विश्वकै शक्तिशाली देशका राष्ट्रपति डोनाल्ड ट्रम्पबारे १० रोचक कुरा यहाँ प्रस्तुत गरेका छौं:

व्यवसायी फुटबल टीमका मालिक

डोनाल्ड ट्रम्प खेलकुदमा औधी रुची राख्छन्। कलेज पढ्दा एथ्लेटिक खेलमा रुची भएका उनले सन् १८८३ मा अमेरिकाको व्यवसायिक फुटबल क्लब खरिद गरेका थिए। 'न्यू जर्सी जेनेरल्स' का मालिक ट्रम्पले चाहेजस्तो प्रदर्शन गर्न नसकेकोले १९८५ मा बन्द भएको थियो।

कहिल्यै रक्सी नपिउने रक्सी व्यापारी

डोनाल्ड ट्रम्पले सन् २००६ मा भोड्का बजारमा ल्याएका थिए। तर, उनी आफैले भने कहिल्यै रक्सी पिएनन्। रक्सी व्यापारीले रक्सी नपिउने! यो अरुका लागि आश्चर्य भएपनि ट्रम्पमा लागू भएन। ट्रम्पलाई कसैले पिउने भनेपछि मुख बन्द। सायद उनैले नचाख्नाले पनि होला, सिंगारपटार गरेर बजारमा ल्याएको ट्रम्पको भोड्का व्यापार फस्टाएन।

बदमास बाल्यकाल

ट्रम्प बाल्यकालमा ऊर्जावान थिए। उनको उर्जा प्राथमिक र माध्यमिक विद्यालय अध्ययनका क्रममा परिवार स्कुलका लागि नै टाउको दुखाइ बन्यो। जसका कारण उनका अभिभावकले १३ वर्षमा सैन्य प्रशिक्षणमा पठाए। उपद्रो गरिरहने ट्रम्पलाई त्यहाँ अनुशासन र समाजमा घुलमिल हुने तौरतरिका सिकाइएको थियो।

नगदमा कारोबार, बोकेनन् एटीएम

बिलिनियर रियल स्टेट व्यापारी ट्रम्पको कारोबार गर्ने अनौठो बानी छ। उनले कहिल्यै पनि एटीएम बोकेनन्। सधैँ नगदमा कारोबार गर्ने उनले जीवनभर एटीएमको प्रयोग गरेका छैनन्।

खराब सह-अभिनेता

ट्रम्पका अनौठा सौखमध्ये एक हो, अभिनय। उनले सन् १९९० मा 'घोष्ट कान्ट डु इट' नामक फिल्ममा सह-अभिनेताको भूमिकामा अभिनय गरे। जसबाट उनले खराब सह-अभिनेताको अवार्ड जिते।

उहिल्यैदेखिको राष्ट्रपति रहर

सन् २०१६ मा राष्ट्रपति पदमा निर्वाचित भएका ट्रम्पले यसअघि पनि यो पदका लागि निर्वाचन लड्ने घोषणा गरेका थिए। सन् २०१२ मा भित्रभित्रै राष्ट्रपति उम्मेदवार बन्ने तयारी गरेका उनको अभियानले गति नलिएपछि यो सत्य होइन भन्दै उनी पछि हटेका थिए।

तीन सुन्दरीका पति

Photo : chicago.suntimes.com

डोनाल्ड ट्रम्पले ३ सुन्दरीसँग विवाह गरेका छन्। लामो समय मिस यूएस र मिस यूनिभर्सका मालिक रहेका डोनाल्डले सन् १९७७ मा नयूयोर्क मोडेल इभाना जेल्नी कोभासँग विवाह गरे। ३ ओटा सन्तानका मातापिता भएपछि १९९२ मा डिभोर्स भयो। एकवर्षपछि उनले १९९३ मा नायिका मार्ला मेलपसँग विवाह गरे। एक सन्तानकी आमा बनेकी नायिका मेलपसँग सन् १९९७ मा डिभोर्स भयो। जुन चर्चित डिभोर्स बन्यो। डिभोर्स गरेवापत ट्रम्पले मेलपलाई २ मिलियन डलर बुझाए।

ट्रम्प त्यसपछि पनि एक्लो रहन सकेनन्। उनले सन् २००५ मा तेस्रो विवाह गरे २० वर्ष कान्छी मिलिनिया नउससँग। मिलिनियाबाट २००६ मा छोरा बैरन विलियम ट्रम्प छ र उनी। मिलिनिया अब अमेरिकाको फस्ट लेडी बनेकी छन्।

विवाहबीच डेट

९० को दशकमा डोनाल्ड एक महिलासित डेटमा थिए। त्यतिबेला उनी ३ सन्तानका पिता बनेका थिए। उनले डेट गर्ने महिला थिइन्, प्रख्यात सुन उत्खनन उद्योगी अन्ना निकोल स्मिथ। ती विवाहित महिलाको ड्रग ओभरडोजले गर्दा मृत्यु भएको थियो।

उर्फ 'द डोनाल्ड'

डोनाल्ड ट्रम्पको पूरा नाम डोनाल्ड जोन ट्रम्प हो। उनले आफ्नो उपनाम 'द डोनाल्ड' भएको बताउने गरेका छन्। उनको यो उपनाममा ट्रम्पको वास्तविक अहंकार देखिने गर्छ। उनको अर्को उपनाम पनि छ 'डिजेटी' जुन उनको पूरा नामको छोटो स्वरुप हो।

हलिउड स्टार

डोनाल्ड ट्रम्प हलिउड स्टार हुन्। उनले सन् २००७ मा हलिउड स्टार अवार्ड पाएका थिए। उनलाई त्यतिबेला 'के ट्रम्प हलिउड स्टार नै हुन् त' भनेर शंकाको दृष्टीले हेर्ने गरिन्थ्यो।

अमेरिकी राष्ट्रपतीय चुनावसँग सम्बन्धित सामग्रीः

​​​हिलारी क्लिन्टनलाई हराउँदै डोनाल्ड ट्रम्प बने अमेरिकाको ४५ औँ राष्ट्रपति

राष्ट्रपति भएपछि ट्रम्पले भने, 'अमेरिका फर्स्ट'

राष्ट्रपतिमा विजयी भएका ट्रम्पलाई हिलारीको बधाई

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • संसारको शक्ति अमेरिकी निर्वाचनमा ट्रम्पको विजयले राष्ट्रवादको नारा संसारमा गुन्जिएकोछ । आतंककारी र गैह्र आवासीय व्यक्तिहरूको पेटमा ढ्यांग्रो वजेको छ । विश्वले अव राष्ट्र राष्ट्रियता र जनजीवनको महत्व वुझ्ने वातावरण वन्नेछ ।निर्वाचित राष्ट्रपति ट्रम्पको कार्यकालको शुभ कामना ।