|

संखुवासभा : चार वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका १ का २२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। आफ्नै भतिजी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा फरार रहेका युवक आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिएका छन्। 

पीडकले दाजुको घरमा गएर भाउजुलाई दाजु कता जानु भयो भनेर सोधको र दाजु घरमा नभएको कुरा बताएपछि उनले नाबालिकालाई आफ्नै घरमा लगेर करणी गरेको परिवारको भनाइ छ। करणी गर्दा नाबालिकाको यौनीबाट रगत आउन थालेपछि पीडकले बालिकालाई घरैमा छाडेर भागेका थिए। 

पीडित बालिका रुँदै आमासँग आएको र आमाले के भयो भनेर सोधेपछि बालिकाले योनीबाट रगत आएको देखाएपछि आफ्नै काकाबाट करणी भएको खुलेको हो। पीडित बालिकाको उपचार वाना स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए। 
पीडित परिवारले मंसिर ८ गते जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएका थिए।

फरार रहेका युवालाई उनकै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.