बैतडी : बैतडीमा मंगलबार एक युवक मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका २ देहिमाण्डौ २५ वर्षीय करन लोहार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए।
सूर्नया गाउँपालिका ५ मा लागेको भगवती मेला हेर्न गएका युवक गएको शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए। युवकलाई मंगलबार बिहान १० बजे स्थानीय महिलाले घाँस काट्ने बेला सूर्नया गाउँपालिका ५ स्थित विश्रम भीरमा मृत अवस्थामा फेला पारेका हुन्।
युवकको भीरवाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।