'अवधारणा नै नभएकाले स्वास्थ्य बिमाको 'च्याम्पेन' भएको तमसा देखाए'

|

काठमाडौं : शारीरिक अस्वस्थताको कारण सार्वजनिक कार्यक्रममा सक्रिय नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलरबार सरकारले आयोजना गरेको एक कार्यक्रममा दुई घण्टा बिताए। उनले दुई घण्टाको अवधिमा अाफ्नो ४० मिनेट लामो केही प्रतिबद्धता र केही जानकारीसहितको भाषण दिए।

पहिलो सामाजिक सुरक्षा दिवसका अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। मन्त्रालयको दाबीअनुसार जहाँ १० हजारभन्दा बढी सर्वसाधरणको उपस्थिति रहेको थियो। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गर्न लागेको र गरेको, विपक्षी नेताले गरेको टिप्पणी र विगतमा कम्युनिस्ट सरकाले गरेका काम, अन्य सरकार र यो सरकारमाथि हुने गरेका टिप्पणीको सवालसहित सामाजिक सुरक्षाका योजनाका अवधारणका विषयमा ४० मिनेट लामो भाषणा दिएका हुन्।

प्रधानमन्त्री ओलीले २५ वर्ष पहिले अर्थात् २०५१ सालमा अल्पतमको सरकारले सुरु गरेका काम जसरी यो सरकारले काम गरेको दाबी गरे। सामाजिक सुरक्षाका योजना अघिल्लो पटक आफूले जनाएको प्रतिबद्धताको उपज भएको उनको भनाइ थियो। 'मैले अघिल्लोपटक प्रभानमन्त्री हुँदा यो सरकारले सबैका लागि सबैको सहभागीतामा सामाजिक सुरक्षाको योजना लागू गर्छु भनेको थिएँ। आजको कार्यक्रम त्यही हो' प्रधानमन्त्री ओलीले भने 'त्यो बेला हामीले जनताको बीचमा पाका उमेरका अभिभावको सम्मानमा मासिक एक हजार रुपैयाँ ज्येष्ठ नागरिकभत्ता दिने र समाजमा अपहेलित हुँदै एकल जीवन बाच्न बाध्य दिदीबहिनीको पीडालाई सम्बोधन गर्दै असाह्य तथा विदुवा महिला भत्ता पनि थालनी गरेका थियौँ, अहिले सामाजिक सुरक्षा भत्ता।'

'कतिले सरकारले सिंको भाँचेन भने, कतिले माखो मारेन भने, सरकार माखो मार्न पनि आएको हैन, सिंको भाच्न पनि आएको हैन,' ओलीले थपे, 'देशमा परिवर्तन ल्यानको लागि सरकार काम गर्दैछ, सरकार खोज्नेहरूले अझै देख्नु भएको छैन भने अब चस्माको पावर बढाउनु, नचाहे पनि जता फर्कियो त्यतै सरकार देखिन्छ।'

प्रधानमन्त्री ओलीले विगतमा नेकपा एमालेको सरकार र अहिले नेकपाको सरकारले निश्‍चित आर्थिक वर्ष र समयलाई केन्द्रित गरेर योजना नल्याउने बताउँदै लिएपछि निरन्तर चल्ने गरी ल्याउने दाबी गरे। उनले सरकारले गरेका राम्रा कामलाई कतिले नबुझेको, कतिले कम्युनिस्ट सर्वसत्तावद भनेको, कतिले बुझपचाएको दाबी गरे। अहिले राम्रो कामको थालनी भएको उनको भनाइ थियो। उनले स्थापित योजनलाई कतिले नस्वीकार्ने र कतिले आफ्नो बनाउने प्रयास गरेको दाबी गरे। 'कोक्रोमा नआउँदादेखि अन्तिम अवस्थासम्म भन्दै भाका टिप्नेहरू पनि पछिपछि आए' ओलीले भने 'के-कसरी गर्ने भन्ने अवधारणा नै नभएकाहरूले स्वास्थ्य बिमाको आफैँ च्याम्पेन भएको तमसा देखाए।'

कांग्रेस नेता विश्‍वप्रकाश शर्माले पत्रकार समेलन गर्दै भनेको 'हराएको सरकार एनजिओको कार्यक्रममा' भन्ने टिप्पणीप्रति ओलीले भने 'कतिले सरकारले सिंको भाँचेन भने, कतिले माखो मारेन भने, सरकार माखो मार्न पनि आएको हैन, सिंको भाच्न पनि आएको हैन,' ओलीले थपे, 'देशमा परिवर्तन ल्यानको लागि सरकार काम गर्दैछ, सरकार खोज्नेहरूले अझै देख्नु भएको छैन भने अब चस्माको पावर बढाउनु, नचाहे पनि जता फर्कियो त्यतै सरकार देखिन्छ।'

उनले पूर्वाधार विकासमा सरकारले काम गरेको बताउँदै निकै कम काम भएको मेलम्ची निकट भविष्यमा आउने, कलंकी-नागढुंगा सडक तीव्र गतिमा काम भएको समेत बताए। उनले नेपाली जनताले असन्तोष मान्ने किसिमको काम केही पनि नगरेको दाबी गरे। उनले भने 'कम्युनिस्टलाई दुई तिहाई जनताले साथ दिए, तिमीहरू मिल भने, मिल्यौँ। अब विकास गर भनेका छन्, गर्छौँ। जनता निरास हुनुपर्ने कुनै कारण छैन।'

राष्ट्रपति तथा उपराष्ट्रपतिजस्तो संस्थालाई कमजोर बनाउने केही प्रयास भएको भन्दै ती विषयमा आफूले नजरअन्दाज नगर्ने प्रधानमन्त्रीको चेतावनी थियो। त्यस्तै राष्ट्रिय अखण्डता भत्तकाउन खोज्नेहरूलाई त्यस्ता काममा नलाग्नको लागि उनले आग्रह गरे। समाजवाद अन्मुख सरकारको कामलाई दलाल पुँजीवादी भन्नेको कुनै तुक नभएको उनको आरोप थियो। 'राष्ट्रपति उपराष्ट्रपतिजस्था संस्थाहरू विभत्स हत्याकाण्डका आकस्मिक उपज हैनन्, लोकतन्त्रबाट आएका मर्यादित संस्था हुन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.