|

सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिकामा दिदीबहिनी सुतेकै ठाउँमा मृत भेटिएका छन्। वडा नं २ लुक्लाको एभरेष्ट होटलमा काम गर्दै आएकी १६ वर्षीया संगना राई र होटलमै बसेर अध्ययन गर्दै आएकी उनकी ९ वर्षीया बहिनी खुसी राई सुतेकै अवस्थामा मंगलबार मृत भेटिएका हुन्।

महाकुलुङ गाउँपालिका ३ छेस्कामका दुवै बालिकामध्ये संगना विगत पाँच वर्ष तथा खुसी एक वर्षदेखि सोही होटलमा काम गर्दै आएका थिए। बेलुका काम सकेर सुतेका बालिका बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा उनीहरू मृत अवस्थामा भेटिएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सालिग्राम शर्मा सहितको टोली पुगी कागजी प्रकृया पूरा गरेको छ। शवलाई पोष्ट माटमका लागि हेलिकोप्टरमार्फत् जिल्ला अस्पताल फाप्लुमा ल्याइएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

आगलागी हुँदा दुई घर जलेर नष्ट

यहाँको माप्यदूधकोशी गाउँपालिका ६ वाकुमा आगलागी हुदाँ २ घरमा क्षति पुगेको छ। वडा नं ६ निवासी हर्किमाया विकको घरमा लागेको आगाले छिमेकी जित विकको घरमा समेत क्षति पुर्‍याएको हो।

आगलागीबाट खरको छाना भएका ३ तले २ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ३० लाख बराबरको क्षति पुगेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.