|

बर्लिन : केही दिनयता युक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (ईयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने भएको छ।  

‘सम्भवत: यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा विषय हो', इयूका अध्यक्ष  करिन नेइसलले भने, 'तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ।’ अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछि सबैकुरा दुवैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहने प्रतिक्रिया दिए।

‘तर प्रतिबन्धबारे पुनः मूल्याङ्कन हुनुपर्ने देखिएको छ’,  नेइसलले भने। रूस र युक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका विषयलाई लिएर द्वन्द्व चर्किएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.