|

रामेछापः जिल्लाको सदरमुकाम मन्थलीमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सप्लायर्समा जिल्ला प्रशासन कार्यालय रामेछापले शिलबन्दी गरेको छ।

बजार अनुगमनको क्रममा हार्डवेयर सञ्चालकले व्यवसाय नवीकरण नगरेको, म्याद गुज्रेका सामग्रीको भण्डारण र बिक्री वितरण गरेको, राजस्व नतिरेको, फर्जी बील प्रयोग गरेको र हिसाब नराखि सामान बिक्री गरेको पाइएपछि हार्डवेयर पसलमा शील लगाइएको हो।

अनुगमनको क्रममा व्यवसायिलाई कम्जोरी सच्याउन जिल्ला प्रशासन कार्यालयले २ पटकसम्म दिएको निर्देशनको पालना नगरेको र बजार अनुगमन प्रतिनिधमाथि नै गालीगलौज र दूर्व्यवहार गरेपछि पसलमा शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले जानकारी दिए।

हार्डवेयर पसलले पूरा तौल नभएको सिमेन्ट, पूरा तौल र ट्यागविनाको रड बिक्री गरेर उपभोक्तलाई ठगी गरेको पाइएको पनि अनुगमन समितिले जनाएको छ। बजार अनुगमनको क्रममा उनको भण्डारमा रहेका म्याद नाघेका इनामेल लगायतका निर्माण सामाग्री अनुगमन प्रतिनिधिले उठाएपछि अनुगमन प्रतिनिधि र ब्यवसायिबीच सामान खोसाखोस समेत भएको थियो।

पसल शिलबन्दी गर्न पुगेको जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको अनुगमन टोलीसँग ब्यवसायि सीताराम श्रेष्ठले आफ्नो कम्जोरी भएको स्वीकार गरेका छन्। घरेलुमा नवीकरण नहुनु, बिक्री केन्द्रमा म्याद गुज्रिएका सामग्री राख्नु आफ्नो कम्जोरी भएको उनले स्वीकार गरेका हुन्। 

हार्डवेयर पसल शिलबन्दीसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले ७ दिने सूचना दिएर व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.