|

पर्वत : बिहादी गाउँपालिका २ बर्राचौरका एक बालक राजधानीको गोंगबुबाट हराएका छन्। हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन्। उनी कक्षा १ मा पढ्छन्। 

बेपत्ता भएका बालक प्रयासका हजुरबुवा ओमप्रसाद कुवँर बिहादी गाउँपालिका बर्राचौरका वडाध्यक्ष हुन्। बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्कविहीन भएका हुन्। प्रयासको खोजीको लागि महानगरीय प्रहरी प्रभाग, गोंगबुमा लागि निवेदन दिइएको उनले बताए।

प्रहरीलाई उद्धृत गर्दै बुबाले दिएको जानकारी अनुसार सामखुशीमा रहेको बाजेको सेकुवासम्म गएको नेपाल प्रहरीको कुकुरले पत्ता लगाएको छ। त्यसपछि कुकर रोकिएका कारण बच्चा गाडीमा चढेको हुनसक्ने अनुमान गरिएको छ। प्रयासको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.