|

श्रीलंकाका एक सैनिक उच्च अधिकारी पक्राउ परेका छन्।

सन् २००९ मा भएको गृहयुद्धका क्रममा ११ युवालाई पक्राउ गरी क्रुरतापूर्वाक हत्या गरिएका सैनिक अधिकारीलाई बचाएको भन्दै श्रीलंकाका सैनिक एडमिरल रविन्द्र विजगुरत्नेलाई पक्राउ गरिएको हो। 

पक्राउ गर्न अदालतले आदेश दिएलगत्तै उनी अदालतमा हाजिर भएका थिए। अदालतले वारेन्ट जारी गर्दा पनि विजगुरत्ने राष्ट्रपतिको दूतमा रूपमा मेक्सिको पठाइएका थिए।  

सन् २००९ मा पक्राउ गरी हत्या गरिएका गरिएका ११ जनाको शव अझै फेला परेको छैन। श्रीलंकामा ३७ वर्ष चलेको गृहयुद्धका क्रममा ४० हजारले ज्यान गुमाएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.