|

भारतको पश्चिम बंगालमा विषाक्त रक्सी सेवनका कारण सात जनाको ज्यान गएको छ। विषाक्त रक्सी सेवनका कारण बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ।

भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईसँग कुरा गर्दै पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले यो समाचारको पुष्टि गरेका छन्। मित्राले दिएको जानकारीअनुसार राज्य सरकारले घटनाको छानबिनका लागि सीआईडीलाई आदेश दिएको छ।

राज्य सरकारले ज्यान गुमाउनेका परिवारलाई दुई–दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.