|

काठमाडौं : बालाजुमा एक बालकको शव भेटिएका छ। मैपी पुलमुनि बालकको शव भेटिएको अपराध महाशाखाले जनाएको छ। प्रहरीका अनुसार बालकको तीन दिनअगाडि अपहरण भएको थियो।

मृतक बालक नयाँ बसपार्कमा रहेको स्वस्तिका त्रिवेणी गेष्टहाउसका सञ्चालक प्रवीण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवर रहेको प्रहरीले जनाएको छ। उनी बेलमन्थ इन्टरनेसनल स्कुल सामाखुसीमा कक्षा १ मा पढ्थे।

उनको हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा होटेलकै सवारी चालक महेन्द्र एस के रहेका छन्।

पर्वतको बिहादी गाउँपालिका २ बर्राचौर घर भई गोंगबुमा होटेल सञ्चालन गर्दै आएका कुँवरका छोरा प्रयास होटल परिसरमै खेलिरहेकाे अवस्थामा मंगलबार साँझबाट सम्पर्कविहीन भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.