|

संखुवासभा : ज्यान मारेकाे अभियाेग लागेका फरार ब्यक्ति लागुऔषध गाँजासहित खाँदबारी १ को देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ। चिचिला गाउँपालिका–३ स्थायी घर भई खाँदबारी नगरपालिका ७ बस्ने विकास राईलाई बिहीबार सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। 

प्रहरी खोजी सूचीमा रहेका राई ४ महिनापछि पक्राउ परेका हुन्। सभापोरी गाउँपालिका ३ घर भई हाल खाँदबारी नगरपालिका १ का लालबहादुर राईलाई धारिलो हतियार प्रयोग गरी मराणासन्न हुने गरी कुटपिट गरी फरार रहेका राईलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले राईको साथबाट अबैध लागुऔषध गाँजा ४ केजीसमेत फेला परेका जनाएको छ। 

पक्राउ परेका राई २०६८ साल साउन २६ गते अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता किशोर बुढाथोकीलाई समेत खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उक्त घटनामा सामेल भएका राईले ज्यान मार्ने उधोगमा पाँचवर्ष कैद भुक्तान भएको केही वर्षपछि जिल्लाका विभिन्न स्थानमा दर्जन बढी सार्वजनिक अापराधिक घटनमा सम्लग्न रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.