|

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षीय पहलबहादुर सार्की छिमेकीले गरेको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्।

सामान्य घरायसी विवादले उग्ररूप लिएपछि छिमेकी हरिभक्त खत्रीले सार्कीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइते सार्कीको टाउको र हातमा गम्भीर चोट लागको छ। घाइते सार्कीको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काभ्रेको धुलीखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

साँघुटार प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले अभियुक्त खत्रीलाई खुकुरीसहित घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.