|

दार्चुला : नेपाल महिला संघका पूर्वकेन्द्रीय अध्यक्ष डा. डिला संग्रौलाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले संरक्षण गरेको आरोप लगाएकी छन्।

'निर्मलाको लागि न्याय' भन्ने अभियानका क्रममा दार्चुला पुगेकी पूर्वअध्यक्ष संग्रौलाले गृहमन्त्री अपराधी पत्ता लगाउन नसक्ने र प्रधानमन्त्रीले गृहमन्त्री र अपराधी दुवैलाई संरक्षण दिएको भन्दै सरकारले नै अपराधीलाई बचाउने काम गरेको बताइन्। ‘घटना भएको यतिका दिन बितेको छ। चौतर्फी विरोध भएको छ। तर पनि सरकार चुपचाप बसेको छ’ पूर्वअध्यक्ष संग्रौलाको प्रतिक्रिया छ।

नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा निर्मलाका लागि न्याय अभियान लिएर दार्चुला पुगेको प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. संग्रौलाले सरकार विभिन्न कामले वर्तमान सरकार अधिनायकवादी हुँदै गएको प्रमाणित भएको बताइन्। महासमिति बैठकले पार्टीको सांगठनिक संरचना, तल्लो तहका समितिहरूलाई अधिकार दिने र महिला तथा संविधानले आरक्षण प्रदान गरेका वर्गको समेत प्रतिनिधित्व हुने गरी पार्टीको विधानसमेत संशोधन गर्ने उनको भनाई छ।

महासमिति बैठकले दर्शन नै नमिल्ने पार्टीसँग एकता नगर्ने, छाँया सरकार गठन तथा हिन्दू राष्ट्रका बारेमा समेत ठोस निर्णय लिएर पार्टीलाई मार्ग निर्देशन गर्ने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.