|

दैलेख : महाबु गाउँपालिका ४ को मुख्यडाँडामा ट्याक्टर दुर्घटनामा बिहीबार राति एकजनाको मृत्यु भएको छ।  एकजना घाइते भएका छन्।

दुर्घटनामा ट्याक्टर मालिक महाबु गाउँपालिका ४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेकाे मृत्यु भएको हो। पाण्डको घटना स्थलमै मृत्यु भएको हो। घाइते हुने ट्याक्टर चालक नारायण नगरपालिका वडा नं.३ का झलकबहादुर हमाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्सपेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए।

नारायण नगरपालिकाबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे १ त ६४२० नम्बरको टयाक्टर अनियन्त्रित भई  मुख्यडाडामा दुर्घटनामा परेको इन्सपेक्टर क्षेत्रीले बताए।  घाइते हमाललाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.