|

युक्रेन र रुसबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन्।

ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको वार्ता रद्द गरेको बताए। उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने स्पष्ट पारे।

गत आइतबार क्राइमिया प्रायद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्दै नियन्त्रणमा लिएको थियो। यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन्। उनले जी–२०सम्मेलनमा रुसी राष्ट्रपतिसमक्ष यो कुरा राख्ने बताइन्।

जी–२०सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदैछ। जी–२० मा भाग लिन विश्वका नेताहरू अर्जेन्टिना पुगिसकेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.