|
फाइल फोटो

ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिब  ५० लाख रुपैयाँ संकलन भएको छ। 

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणना गर्दा ४९ लाख ६५ हजार ६५० संकलन भएको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए।

तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको उनले बताए। सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ। मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले संकलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ।

पैसा राखिएको ढुकुटीको साँचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन्। वार्षिक स्वदेशी तथा विदेशी गरी दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी संकलन हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.