|

मनाङ : थोरै जनसंख्या, विकट ठाउँ हिमालपारिको जिल्ला मनाङ सुन्दर प्राकृतिक छटाले भरिएको छ। पर्यटनको राम्रो गन्तव्य मानिएको मनाङमा पूर्वाधार विकास नहुँदा साेचेजति पर्यटक अाउन सकेका छैनन्।

विश्वकै पर्यटकको आकर्षण केन्द्रको रूपमा रहेको यो जिल्लालाई मोटर बाटोले जोडे पनि स्तरोन्नति भने हुन सकेको छैन। लमजुङ सदरमुकाम देखि ९५ किलोमिटर कच्ची सडक छ। चारवटा गाउँपालिका रहेको मनाङमा तीनवटा गाउँपालिकालाई सडकले छोएको छ।

सडकले जिल्ला जोडे पनि सडकको स्तरोन्नति र नयाँ ट्रयाक खोलेर जिल्लाभर सडकले जोड्ने पहल भइरहेको छ। प्रदेश 'ख'का चिन्तबहादुर घले जिल्लाको समृद्धिका लागि पर्यटन मुख्य आधार हुने बताउँछन्। पर्यटकको संख्या बढाउन पूर्वाधार निर्माणका लागि पहल गरिरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.