|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित विराट फेन्सी स्टोरले डडेल्धराको रडुवा खोला बस दुर्घटनाका ४ जना मृतकका परिवार र गम्भीर घाइते १ बालकलाई आर्थिक सहयोग गरेको छ।

मंसिर ६ गते बेलुकी डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धराको अमरगढी–११ रडुवा खोलामा भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका नवदुर्गा गाउँपालिकाका ४ जना मृतक र गम्भीर घाइते डोटीका एक बालकका आफन्तहरूलाई राहतस्वरूप जनही ५/५ हजारका दरले २५ हजार नगद रकम सहयोग गरेको हो।

दुर्घटनामा ज्यान गुमाएका नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, १७ वर्षीय तीलक खाती, ३० वर्षीय टेक धामी र सोही गाउँपालिका–४ की १८ वर्षीया माया रावलका आफन्तलाई जनही ५/५ हजारका दरले शुक्रबार नगद रकम सहयोग गरेको हो। सहयोग रकम नवदुर्गा गाँउपालिका–१ का वडाध्यक्ष भीमबहादुर बोहरा, नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष मानबहादुर साँउद र उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुलाई हस्तान्तरण गरिएको छ।

यस्तै दर्घटनामा परी गम्भीर घाइते दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विकलाई समेत ५ हजार रुपैयाँ सहयोग गरेको फेन्सी स्टोरका सञ्चालक वीरबहादुर सेटीले जानकारी दिए। राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारार्थ नवीन बिहीबार डिस्चार्ज भइसकेका छन्।

नवीनलाई विद्यार्थी र व्यवसायीको पनि सहयोग

डडेल्धुरा बस दुर्घटनामा आमा गुमाएका र बुवा बेपत्ता रहेका बालक नवीन विकका लागि जनप्रिय पब्लिक स्कुलले आर्थिक संकलन अभियानको थालनी गरेको छ। अमरगढी नगरपालिका–११ रडुवा खोलामा भएको बस दुर्घटनामा आमा गुमाइ घाइते भएका डोटीका १० वर्षीय बालक विकलाई स्कुलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन्।

विद्यार्थीहरुबाट ४ हजार संकलन गरिएको जनप्रिया पब्लिक स्कुलका प्रिन्सिपल मुकेश भट्टले जानकारी दिए। यस्तै गौणीबाग ट्रेड्स बागबजार डडेल्धुरा संचालक डम्बरराज जोशीले नगद रु १० हजार सहयोग गरेका छन्। संकलित रकम बालकको उपचारमा जुटेको डोटेली समाज काठमाडौंको कृषि विकास बैंकमा रहेको बचत हिसाब खाता नं. ०४०४१२ जम्मा गरिने जनाइएको छ।

घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन/प्रशारण भएपछि आर्थिक सहयोग संकलन अभियान नै सञ्चानल गरेका हुन्।

समाचार पढेर आफू निकै भावुक भएका कारण बालकको उपचारमा सहयोग गरेको जनप्रिया पब्लिक स्कुलमा अध्यानरत विद्यार्थी रोशन ठगुन्नाले बताए। डडेल्धुराको उग्रतारा मेला हेरेर फर्कने क्रममा आमासँगै बसेका बालक विकले बस दुर्घटनामा आमा गुमाएका थिए। डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किंदै गरेको बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए अन्य भने २७ घाइते छन्। घाइते बालक नवीनका बुबम घर परिवारबाट सम्पर्कविहीन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.