|

उदयपुर : प्रदेश १ मा पर्ने ओखलढुंगा विभिन्न दृष्टिकोणले परिचित जिल्ला हो। यस जिल्लाको नाम ‘ओखल’ बाट सुरु हुन्छ। जसको अर्थ पिस्ने कुट्नेसँग जोडिन्छ। ढुंगा भनेको पत्थर हो। ओखलढुंगालाई ढुंगाको ओखलभन्दा फरक पर्दैन।

यस जिल्लाको नाम नै ओखलको ढुंगाबाटै राखिएको छ। बुढापाकाका अनुसार वर्षौंअघि भीमसेन थापाले धान कुटेर खाएकाले ओखलढुंगा नाम बसेको भन्ने चलन पनि छ। भीमसेन थापाले धान कुटेर खाएको मानिने यस ओखलको ढुंगालाई हाल संरक्षण गरेर राखिएको छ। यसै ओखलको ढुंगाबाट यस जिल्लाको नाम पनि  ओखलढुंगा रहन गएको हो भन्ने इतिहास छ।

ओखलढुंगालाई चर्चित नेपाली कवि सिद्धिचरण श्रेष्ठको जिल्ला भनेर पनि चिनिन्छ। ओखलढुंगाको सदरमुकाम सिद्धिचरण नगरपालिकामा अहिले ओखलढुंगा बजार सहरी रूपमा विकास हुँदै छ। विकास निर्माणले ओखलढुंगालाई चिटिक्क बनाउँदै लगेको छ।

ओखलढुंगाका केही तस्बिर झलक :

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.