अर्थ

बुध्द एयर उत्कृष्ट वायुसेवा कम्पनीबाट सम्मानित
SHARES

कात्तिक २५, २०७३

    काठमाडौं : वायुसेवा कम्पनी बुध्द एयर अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एण्ड सलिभनबाट उत्कृष्ट एयरलाइन्स २०१६ को अवार्डबाट सम्मानित भएको छ। बुधबार काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा वुद्ध एयरलाई उक्त सम्मान प्रदान गरिएको हो।

    पुरस्कार ग्रहण गर्दै बुध्द एयरका एमआईएस डाइरेक्टर रजिन रञ्जितले पुरस्कारलाई उड्डयन क्षेत्रमा गरेको निरन्तर मिहिनेतको फल भएको बताए। 'यस किसिमको अवार्डबाट हाम्रा सेवाहरुलाई अझ गुणस्तरीय बनाउन थप मद्दत र प्रेरणा मिल्नेछ' उनले भने।

    बुध्द एयर ८ विभिन्न आधुनिक विमानहरुबाट मुलुकभरका बिभिन्न गन्तब्यमा उडान सञ्चालन हुँदै आएको छ। नेपाल बाहिर भने भारतको वाराणसीमा नियमित तथा भुटानको पारोमा चार्टड उडान भरिरहेको छ। बुद्ध एयरले गतवर्ष ८ लाख यात्रुलाई सेवा प्रदान गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]