|

उदयपुर : कमला नदी किनारमा रहेको उदयपुरको कटारी नगरपालिका २ को गुराँस हरियाली पिकनिक पार्कमा पानीको अभाव छ। प्रदेश ३ को सिन्धुली, प्रदेश २ को धनुषा र प्रदेश १ पर्ने उदयपुरको सिमास्थल छुट्याउने हरियाली पिकनिक पार्कमा पानीको खानेपानीकै अभाव भएको हो।

दैनिक रूपमा दर्जनौं पिकनिक पार्कमा पिकनिक अर्थात वनभोज खान आउनेहरू पानीकै समस्या झेल्दै आएका छन्। ‘अहिले यहाँ पिकनिक खान आउने दर्जनौं समूह हुन्छन्,’ उनले भने, ‘पानीकै समस्याले नजिकै रहेको गाउँमा बाटा र ड्रम खोज्दै जानु पर्ने बाध्यता छ।’ कटारी नगरपालिका र वडा २ ले बजेट विनियोजन नगरी पार्कलाई वेवास्ता गरेपछि हरियाली पार्क झाँडीमा परिणत भएको थियो। त्यही हरियाली पार्कको झाँडी स्थानीय काटेर र उखेँलेर अहिले साफा चट समेत बनाएको उनले बताए।

कमला नदी किनारमा पर्ने हरियाली पार्क तीन प्रदेशकोको संगमन स्थल जस्तै छ। प्रदेश १ को उदयपुर, प्रदेश २ को धनुषा र प्रदेश ३ को सिन्धुलीको संगमस्थल छ। पार्कमा बनेको शौचालय समेत पानी नभएका कारण प्रयोगविहीन छ भने वनभोज खान आउने गरेको फोहोर व्यवस्थापन नहुँदा कुरुप बनेको छ। चर्चित धार्मिकस्थल त्रिवेणीधाम समेत नजिकै पर्छ। कमला नदी किनारमा हरियाली मनोमाेहक दृश्य देख्न पाइन्छ। ‘यहाँ धेरै भोजपुरी र नेपाली चलचित्र छायाँकन हुन थालेका छन्,’ त्रिवेणी स्पाेटिङ क्लवका सचिव विष्णु कटुवालले भने, ‘यसलाई पर्यटकीय दृष्टिकोणबाट विकास गर्ने सम्भावना हुँदा हुँदै पनि जनप्रतिनिधिले बेवास्ता गरे। ठूलो समस्या पानीकै छ।’

प्रदेश १, २ र प्रदेश ३ को मुख्य वनभोज खाने स्थालको रुपमा परिचित बन्दै गएको हरियाली पार्कमा खानेपानी, शौचालय, बस्नेत ठाउँ लगायतका समस्या भएको प्रदेश ३ सिन्धुलीबाट वनभोज खान आएकी रत्ना तामाङले बताइन्। ‘कमला नदीको तिरमा बसेर वनभोज खान आएँ। यहाँभन्दा अरु विकल्प छैन,’ उनले भनिन्, ‘यहाँ आउँदा पानी, शौचालय र बस्ने ठाउँको भने ठूलो समस्या रहेछ।’

आर्थिक वर्ष २०७२/०७३ मा करिव ६० लाखको लागतमा कटारी नगरपालिकाको वातावरणमैत्री स्थानीय शासन कार्याक्रमबाट शौचालय र केही बस्ने टहरा, बेराघेर, बृक्षरोण गरेर हिरयाली पिकनिक पार्क निर्माण गरिएको थियो। ‘स्विमिङ पुलको नाममा निर्माण गरिएको पोखरीमा पानी सुकेको छ,’ त्रिवेणी स्पोटिङ क्लव कटारी त्रिवेणीका अध्यक्ष अर्जुन तामाङले भने, ‘त्यो पनि १५ लाखमा बनेको रे खै?’

कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेमबहादुर थापाले हरियाली पार्कको लागि चालु आर्थिक वर्षमा ३ लाख बजेट विनियोजना गरेकाले पानी खानको लागि कल तान्ने काम हुने बताए। ‘विगतमा जति संरचना बनेको छ। त्यति मात्रै हो,’ उनले भने, ‘वडा नगरपालिकाकाले चालु आर्थिक वर्षमा तीनलाख बजेटले केही नयाँ काम गर्ने छ।’

हरियाली पार्कको घेरावेरा, शौचालय, बस्नेत टहरा, गेट निर्माण गर्न ७० लाखभन्दा बढी सकिएको नगरपालिकाको भनाइ छ। ‘झण्डै आधा करोडभन्दा बढी रकम खर्च भइसकेको छ,’ नाम के भन्नु भन्दै एक स्थानीयले भने, ‘गाउँकै स्थानीयले पाएको बजेटको पनि सही सदुपयोग नगर्दा पार्कमा समस्या छ।’

पार्कमा वनभोज खाने सिजन सुरु भएपछि दैनिक तीनदेखि पाँच दर्जन समूह वनभोजको लागि आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.