|

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन्।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउँदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो। स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ वटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए। नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन्।

'त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्,' उनले भने। आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सहयोगका लागि आह्वान पनि गरेका थिए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.