|
फाइल तस्बिर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन्।

वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीतिः संभावना र चुनौती’ विषयक पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष दाहालले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागी परेको बताएका हुन्। राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरू आउनु स्वभाविक भएको भन्दै उनले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिडेको दाबी गरे।

अध्यक्ष दाहालले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाईनमा काम भइरहेको दाबी पनि गरे। प्राप्त उपलब्धिलाई संरक्षण गर्नु भन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै उनले परिवर्तन चाहाने कम्युनिस्टहरूबीच अझै गम्भीर ढंगले एकता गर्नुपर्ने आवश्यकता औँल्याए। राजसंस्था फर्काउन लागेकाहरूको दुश्साहस आफूहरूका लागि चुनौतिपूर्ण रहेको भन्दै उनले त्यसतर्फ पनि सजग हुनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.