|

इन्धनमा भएकाे मूल्यवृद्धिको विरोधमा चर्किएकाे अान्दाेलन फ्रान्समा  हिंसात्मक बन्दै गएको छ। 

विरोधप्रदर्शनहरूका क्रममा आर्क डि ट्रीओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच सबैभन्दा ठूला झडपहरू भएका थिए। प्रहरीले चम्किलो पहेँलो रंगको ज्याकेट लगाएका आन्दोलन समूहका प्रदर्शनकारीहरूलाई रोक्न पानीका फोहोरा र अश्रुँग्यास प्रहार गरेका थिए। प्रदर्शनकारीहरूले प्रहरीतर्फ ससाना ढुंगाहरू फालेका थिए अनि प्रहरीले सुरक्षाका लागि राखेका अवरोधहरूमा पहेँलो रंग पोतेका थिए। एकसय भन्दा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ।

तीन हप्ताअघि सुरु हुँदा ती प्रदर्शनहरूमा तीन लाख मानिसहरू सहभागी भएको जनाइएको छ।  फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले भने  सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताएका छन्। उनले प्रदर्शनकारीले कानुनको उल्लंघन गरेको समेत बताएका छन्। 

आर्क डि ट्रीओम्फजस्ता राष्ट्रिय स्मारकहरूप्रति अपमान देखाइएको कार्यले आफूलाई स्तब्ध तुल्याएको फ्रान्सेली प्रधानमन्त्री एडवार्डो फिलिपले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.