समाज : सुरक्षा/अपराध

सिक्का अड्किएर बालकको मृत्यु
SHARES

मंसिर १६, २०७५

    पर्सा  ः बच्चाले खेलाउँदै गरेको सिक्का पैसा अड्केर पर्सामा एक नाबालकको मृत्यु भएको छ।  वीरगंज महानगरपालिका –३० सुगौली निवासी रविन्द्र राय यादवका २ वर्षीय छोरा शिवकुमार राय यादवको सिक्का अड्किएर शनिबार मृत्यु भएको हो। 

    नाबालक शिवकुमारले एक रुपैयाको नेपाली सिक्का खेलाउने क्रममा अचानक निल्दा अड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बच्चाले पैसा अड्काएपछि उपचारको लागि वीरगंज स्थित नेशनल मेडिकल कलेज ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए।  बालकको पोष्टमार्टम पछि शनिबार नै अभिभावकको जिम्मा लगाइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]