|

पर्वत : हिमाल पारीको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको बिजुली जडान भएको छ। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र मानिने उक्त क्षेत्रमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले विद्युत् जडान गरेको गाउँपालिकाका प्रमुख राजु विष्टले बताए।

गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने घमी, साङबोचे, घिलीङ र ढाकमरका २०० घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको हो। यस्तै, वडा नं. १, ४ र ५ मा पर्ने चराङ, याराघारा, धे, ताङग्यामा पनि विद्युतीकरणका लागि ८० प्रतिशत काम सकिएको छ। चालू आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ। अध्यक्ष विष्टका अनुसार विद्युत् जडानका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको थियो। नेपाल विद्युत प्राधिकरणले ५५० थान पोल र १५ किलोमिटर प्रशारण लाइनको तार उपलब्ध गराएको छ।

यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङसम्म मात्र विद्युत सुविधा पुगेको थियो। उज्यालोका लागि सोलार र टुकीमा निर्भर रहँदै आएका स्थानीयले अब भने उज्यालोका साथै टीभी हेर्न, कम्प्युटर ल्यापटप चलाउन, उद्योग, व्यवसाय सञ्चालन गर्न पाउने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.