|

रजनिकान्त र अक्षय कुमार स्टारर फिल्म २.० ले अहिले हलमा धुम मच्चाइरहको छ। समीक्षात्मक रुपमा पनि अब्बल ठहरिएको फिल्मको व्यापार पनि उच्च छ। यस फिल्मले प्रदर्शनको तीन दिनमा हिन्दी भर्जनमा ६३ करोड २५ लाख बढीको व्यापार गर्न सफल भएको छ भने तलेगु र तामिल गरेर ७३ करोड बढि कमाउन सफल छ।

प्रदर्शनको पहिलो दिन अर्थात् बिहीबार हिन्दी भर्जनमा २० करोड २५ लाख व्यापार गरेको फिल्मले शुक्रबार भने १८ करोड मात्र व्यापार गरेको थियो। तर शनिवार पुन: फिल्मले आफ्नो व्यापार बढाएर २५ करोड कमाई गर्न सफल देखियो।

त्यस्तै तलेगु र तामिलबाट पहिलो दिन २१ करोड, दोस्रो दिन २७ करोड र तेस्रो दिन २५ करोडको व्यापार गरेको छ।  

फिल्म व्यापारिक रुपमा मात्र नभइ समीक्षात्मक रुपमा पनि अब्बल देखिएको छ। बलिउड समीक्षक तरन आदर्शले फिल्मलाई ५/५ रेटिङ दिएका छन्। अन्य समीक्षकहरुले पनि फिल्मलाई राम्रो भनिरहेका छन्।

एस शंकरको निर्देशनमा बनेको यस फिल्मको लगानी करिव ५ सय करोड रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.