|

उदयपुर : प्रदेश १ को मिस स्टेट वान २०१८ को उपाधि उदयपुरकी ह्याण्ड बल खेलाडी रमिला बस्नेतले हात पारेकी छन्। शनिबार पूर्वाञ्चल बागिना कला केन्द्र र पूर्वाञ्चल सिङ्गिङ स्टारले संयुक्त आयोजना गरेको मिस स्टेट वान २०१८ को उपाधि रमिलाले हात पारेकी हुन्।

बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक भक्तिराज राईले मिस स्टेटमा प्रदेश १ का १३ जिल्लाका सुन्दरीहरूबीच प्रतिस्पर्धा गर्दै रमिला प्रथम हुन सफल भएको जानकरी दिए। रमिला बस्नेतले  प्रदेश १ स्तरीय मिस प्रदेश २०१८ को उपाधिसँगै क्राउन, स्कुटर र अवार्ड पाएको संयोजक राईको बताए। उनका अनुसार मोरङकी प्रज्ञा गिरी फस्ट रनर अप घोषितले ५० हजार, क्राउन र अवार्ड पाएकी छन् भने ताप्लेजुङकी निशा गुरुङले सेकेन्ड रनर अपको उपाधि चुमेर उनले २५ हजार, क्राउन र अवार्ड पाएकी छन्।

मिस स्टेट वान सुन्दरी प्रतियोगिता चौथो चरणसम्म गरिएको थियो। प्रतियोगितको पहिलो चरणमा प्रदेश १ का १३ जिल्लाका २४ जना युवतीले भाग लिएका थिए। दोस्रो चरणमा पुग्दा १४ जन मात्र छनोट भएका थिए। यसैगरी तेस्रो चरण्मा १० जनाले प्रतिस्पर्धा गरेका थिए भने चौथो चरणबाट पाँचजना मात्र प्रतिस्पर्धामा उत्रेका थिए। पाँचै जना प्रतियोगी मध्येबाट रमिला प्रदेश १ को मिस स्टेट वान २०१८ बन्न सफल भएकी थिइन्। उदयपुरको चौदण्डीगढी नगरपालिका १ झोरापाटाकी २० वर्षीया रमिला रमिला ह्यान्डबलमा स्थापित खेलाडी हुन्। ‘विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा भाग लिएको छु,’ उनले भनिन्, ‘सानै उमेरमा खेल्दा पनि सफला हात लागेको थियो। अहिले पनि लाग्यो।’

२०५६ सालमा जन्मिएकी रमिला आमा तारादेवी र बुबा राजेन्द्रबहादुर रमिलाकी कान्छी छोरी  हुन्। रमिला अहिले उदयपुरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीका रुपमा गनिन्छिन्। उनले पाकिस्तानमा भएको ह्यान्डबल प्रतियोगितामा नेपाली टिमलाई कास्य पदक दिलाएकी थिइन्। भारत, बंगलादेश, पाकिस्तान, दुवई र कतार लगायतका अन्तर्राष्ट्रिय देशमा भएको खेलमा सहभागिता जनाउनुका साथै विभिन्न पदक पनि हात पारेकी छन्। 

राष्ट्रियस्तरका खेलमा पूर्वाञ्चल टिमबाट खेल्ने उनी आफ्नो टिमलाई स्वर्ण तथा रजत पदक दिलाउन सफल भएको बताउँछिन्। सन २०१४ मा पाकिस्तानमा भएको ह्यान्डबल प्रतियोगितमा नेपाललाई कास्य पदक दिलाउन सफल भएकी थिइन्। सन २०१६ मा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितमा रमिलाले चौथो स्थानसहित अनुशासनतर्फको पुरस्कार पाएकी थिइन्। 

उनी राखेप च्याम्पियनसिप २०७४ मा पनि सहभागी भई तृतीय स्थान हासिल गर्न सफल भएकी थिइन्। खेलाडी बस्नेत पुनः मिस प्रदेश १ मा भइरहेको मिस स्टेटमा उदयपुरको तर्फबाट सहभागी भएकी थिइन्। प्रदेश १ लाई समेटेर १४ जिल्लाका सहभागीले भाग लिएका थिए। पूर्वाञ्चल वागिना कलाकेन्द्र धरानले आयोजना गरेको  थियाे। मिस प्रदेश १ को ताज रमिलाले पहिरिएकी हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.