मनोरञ्जन

एक्सनले भरिपूर्ण 'रणवीर'को टिजर रिलिज
SHARES

मंसिर १६, २०७५

    काठमाडौं : माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म 'रणवीर'को टिजर सार्वजनिक भएको छ। आइतबार युट्युबमार्फत् सार्वजनिक गरिएको टिजरमा फिल्मका प्राय: कलाकारलाई देखाइएको छ। टिजरमा हावी बनेका सुशील सिटौला र प्रशान्त ताम्राकारलाई रिसाह अवतारमा प्रस्तुत गरिएको छ।

    एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन्। दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको फिल्ममा प्रशान्त र सुशीलसँगै सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ। यसै फिल्ममार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का डेब्यु गर्दैछिन्।

    निर्देशक भण्डारी यस फिल्ममा दशर्कले केही नयाँपन महसुस गर्ने दावी गर्छन्। उनी भन्छन्, 'एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मलाई हामीले पूर्ण मनोरन्जनात्मक बनाउने कोसिस गरेका छौ। प्रस्तुतिको हिसाबमा दर्शकले यस फिल्ममा केहि नयाँ पन महसुस गर्नु हुनेछ।'

    हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको यस फिल्ममा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन रहेको छ।

    हेर्नुहोस् टिजर:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]