|

हेटौंडा : निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै आइतबार हेटौंडामा प्रदर्शन भएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आव्हानमा हेटौंडामा प्रदर्शन भएको हो। हेटौंडाको वन विज्ञान अध्ययन संस्थानबाट शुरु भएको र्‍याली सीमाचोकमा आएर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्ने, महिलाको सुरक्षा हुनुपर्ने, दण्डहीनता अन्त्य हुुनुपर्ने लगायतका नारा लगाएका थिए। र्‍यालीमा महिलाको बाक्लो उपस्थिति रहेको थियो।

र्‍यालीलाई मध्यनजर गर्दै बजारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने प्रदर्शनका कारण केहीबेर यातायात आवागमन प्रभावित भएको थियो। र्‍याली पछिको कोणसभालाई जिल्ला सेक्रेटरी रामबहादुर ग्लानले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.