मनोरञ्जन

नवीन पौडेलले ल्याए ‘घर मेरो सुदूरपश्चिम’
SHARES

मंसिर १६, २०७५

    धनगढी : चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को आइतबार एक कार्यक्रमका बीच धनगढीमा विमोचन गरिएको छ।

    सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको विमोचन गरेकी हुन्। मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पौडेलको गीत कोशेढुंगा बन्ने विश्वास व्यक्त गरिन्।

    ‘झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैँमा दंग पर्दो हो हेर्ने पाए ऐनामा, यहि हो सुन्दरपश्चिम...यहि हो सुन्दरपश्चिम... , तपाईं मेरो यो सेरोफोरो कैलाली घर मेरो ओइ सुवा कैलाली घर मेरो’  शब्दहरू दोहोराउँदै मन्त्री भट्टले भनिन्, ‘यी शब्दमा सुदूरपश्चिम प्रदेशको मैलिकता झल्कन्छ।’

    सुदूरपश्चिम सुन्दर भएर पनि ओझेलमा परेको बताउँदै मन्त्री भट्टले गीत संगीतको माध्यमबाट प्रदेशलाई चिनानु पर्ने बताइन्। एल्वम विमोचन कार्यक्रममा गायक पौडेलले देउडा गीतमार्फत् सुदूरपश्चिम प्रदेशका कला, संकृति र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताए। ‘सुदूरपश्चिममा गायिने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भने।

    कार्यक्रममा गायक पौडेलले सुदूरपश्चिममा जन्म नभए पनि सबैभन्दा प्यारो र सुन्दर सुदूरपश्चिम लाग्ने बताए। ‘म पाल्पामा जन्मिए, काठमाडौँ बसेँ र संगीत यात्रामा लागेँ तर मलाई सबैभन्दा सुदूरपश्चिम प्यारो र राम्रो लाग्छ’ गायक पौडेलले भने।

    प्रस्तोता समाज नेपालका केन्द्रीय सदस्य, अन्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष र राष्ट्रिय लोकदोहोरी प्रष्तिष्ठान नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पौडेलले २०० बढी गीत गाएका छन्।

    पछिल्लो समय समाजका घटेका घटनालाई केन्द्रित गरेर पौडेलले बजारमा ल्याएको ‘फूलेको तोरीलाई, बैंश आको छोरीलाई जोगाउँनै गाह्रो’ वोलको गीत निकै चर्चित बनेको थियो। उक्त गीतले पौडेललाई नवौं संस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ मार्फत यस वर्षकै सर्वोत्कृष्ट लोक गायक घोषित गरायो।

    आइतबार बजारमा सार्वजनिक गरिएको गीतको छायंकन काठमाडौँ आसपासमा गरिएको छ। पृथ्वी इन्टरटेन्मेन्टमार्फत् बजारमा ल्याइएको गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ। लय नवीन पौडेलको हो। शब्द दिग्गज धौरालीले कोरेका हुन् भने छायांकन राजेश घिमिरेको हो। निर्देशक प्रकाश भट्ट हुन्। गीतका सम्पादक विष्णु शर्माले गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]