|

पर्वत : पर्यटकीय गन्तव्‍यमा सूचीकृत पञ्चासेमा पर्यटन प्रवर्द्धन गर्न मंसिर २० गते राष्ट्रियस्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ।

पर्वतको मोदी गाउँपालिका ७ राम्जाठाँटीस्थित पशुपति उच्च माविले स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयबाट पञ्चासे तालसम्म राष्ट्रियस्तरको हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो।

म्याराथनमा पशुपति माविदेखि दौडिन सुरु गर्ने धावकले पञ्चासे ताल पुगेर झण्डै २१ किलोमिटर पार गरी पशुपति माविमै फर्किनुपर्नेछ। पशुपति माविको उचाइ १ हजार ५ सय २० मिटरबाट सुरु भई २ हजार २ सय ८६ मिटरसम्म पुगेर सोहीबाट फर्कने कार्यक्रम रहेको स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष डण्डपाणी तिमिल्सिनाले बताए। प्रतियोगिताको विद्यालयका भूतपूर्व विद्यार्थी तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटनमा नेपालका लागि पाकिस्तानका राजदूत डा. माज्हर जाभेदको पनि सहभागिता रहने बताइएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितियलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार दिइने महोत्सव मूल समारोह समितिका सचिव रमेश केसीले बताए। प्रतियोगितामा सहभागी हुनेले मंसिर १८ गतेसम्म नाम दर्ता गर्न सक्नेछन्।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.