|

रामेछाप : जिल्लाको रामेछाप नगारपालिका५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले बर्थिङ सेन्टरको लागि भवन निर्माण गरिदिनुका साथै प्रसूति गराउन आवश्यक पर्ने उपकरणहरू पनि प्रदान गरेको छ। बर्थिङ सेन्टर सञ्चालनको लागि १७ लाखको लागतमा निर्माण भएको दुईकोठे भवन र प्रसूति गराउँन आवश्यक पर्ने ५ लाखभन्दा बढीका उपकरणहरू नेपाल रेडक्रस सोसाइटी रामेछापले वडा कार्यालयलाई हस्तान्तरण गरेको हो। 

भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जापान सरकारको आर्थिक सहयोग र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक सहयोगमा बर्थिङ्ग सेन्टरको भवन निर्माण गरि प्रसूति गराउँन आवश्यक पर्ने उपकरणहरु प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका सभापति शिवकुमार कार्कीले बताए।निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको भवनमा एक महिनाभित्र प्रसूति सेवा सञ्चालन हुने रामेछाप नगरपालिका ५ का अध्यक्ष भिमबहादुर तामाङको भनाई छ।

सडकको समेत भरपर्दो सुविधा नभएको रामेछाप नगरपालिका ५ रामपुरमा बर्थिङ्ग सेन्टर सञ्चालन हुने भएपछि त्यहाँका स्थानीयबासी खुसी भएका छन्। बच्चा जन्माउन नसेकेकै कारण आमाहरूले ज्यान गुमाउन पुर्ने समस्याबाट रामपुरबासी अब मुक्त हुने स्थानीय स्वास्थ्य स्वयंसेविका कृष्णकुमारी सुनुवारले विश्वस ब्यक्त गरिन्। 

भूकम्पपछि पुनः निर्माणअन्तर्गत निजी आवास निर्माण, स्वास्थ्य साथै खानेपानी तथा सरसफाइको क्षेत्रमा समेत नेपाल रेडक्रस सोसाइटीले काम गरेको रामपुरका स्थानीयले एउटा एम्बुलेस सहयोग गरिदिन पनि रेडक्रसलाई अनुरोध गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.