|

काठमाडौं : फिल्म 'जानी नजानी’को फस्टकलुक पोष्टर सार्वजनिक गरिएको छ। चैत १ गतेलाई प्रदर्शन मिति तोक्दै निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरू मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन्।

पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशाले यसै फिल्ममार्फत् फिल्ममा डेब्यु गर्दैछिन्। फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ।

आधुनिक प्रेम कथामा आधारित फिल्मलाई वसन्त अधिकारीले निर्देशन गरेका छन्। फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ। 'रोशनी इन्टरटेन्मेनट'को ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।

अर्जुन पोखरेलको संगीत समावेश फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ। संजय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.