|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताए।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमबार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति २०२०/२०२४ का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालसँगको छलफल तथा परापर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रूतमार्गको प्रयोग अपरिहार्य भएको बताए। 

एसियाली विकास बैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्नेमा जोड दिए। ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन।’ मुख्यमन्त्री शाहीले  भने, ‘एउटा मात्रै भए पनि तपाइँहरू पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस्।’

कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानीको आवश्यकता रहेको बताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए। ‘पेपर वर्क’ र ‘अफिस वर्क’ ले कर्णालीले चाहेको गतिमा समृद्धि संभव नभएकोले मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकका प्रतिनिधिलाई भने,‘तपाइहरूले देखिने गरी पूर्वाधारका क्षेत्रमा लगानी गरिदिनुहाेस्। कम्तीमा कोहलपुर-सुर्खेत सडकलाई ६ लेनको बनाई दिनुहाेस्।’

फाष्ट ट्रयाकबाट कर्णालीको विकास र आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको योजना रहेकाले मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताले लगानी गर्नुपर्ने धारणा राखे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.