राजनीति

प्रदेश ५ प्रदेशसभाको बैठक मंसिर २६ मा
SHARES

मंसिर १७, २०७५

    बुटवल : प्रदेश ५ प्रदेशसभाको बैठक यही मंसिर २६ गते आह्वान गरिने भएको छ। 

    मन्त्रिपरिषद्को बैठकले मंसिर २६ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाउन प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। उनकाअनुसार हिउँदे अधिवेशनमा १५ बढी विधेयकहरू पेस हुनेछन्। 

    बैठकले प्रदेश सहकारी विधेयक सदनमा पेस गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गरेको छ। दाङ घोराही- ८ ढिकापुर गाउँलाई वडा ९ मा गाभ्नका लागि घोराही उपमहानगरपालिकाबाट आएको प्रस्तावलाई स्वीकृत गर्दै संघमा पठाउने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]