मनोरञ्जन

'समर लभ'को पहिलो गीत 'साया' रिलिज
SHARES

मंसिर १७, २०७५

    काठमाडौं : फिल्म 'समर लभ'को पहिलो गीत रिलिज भएको छ। रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तीब्र बनाउने उद्देश्यले फिल्मको पहिलो गीत रिलिज गरेको हो।

    सार्वजनिक 'साया' बोलको गीतमा स्वर, शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ भने गायनमा पुष्पनलाई बानिका प्रधानले साथ दिएकी छन्। विदेशको मनोरम पृष्ठभूमिमा खिचिएको भिडियोमा फिल्मका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन्। भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

    माघ २५ गतेबाट रिलिज हुने यस फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्। फिल्ममा सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ। आशिष र रेवतीले यसै फिल्मबाट डेब्यु गर्दै छन्।

    सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्। फिल्ममा सुविन र सामीप्यको संवाद सुन्न सकिन्छ। 'नाइटिंगेल इन्टरटेनमेन्ट'को ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता हुन्। सञ्जय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]